कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गरिने नेपालखबरलाई जानकारी दिए। ‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने।

कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए।

जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *