जनहित अनलाइन, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट भूतपुर्व नेपाली सैनिक संगठन कपिलवस्तुका अध्यक्ष खिम बहादुर वि.सी. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन । उनलाई राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराएका हुन ।
कठिन परिस्थितीमा रहेको देशलाई अब माथि उठाउनको लागि राप्रपाको बिचार, सिद्धान्त नै उत्कृष्ट रहेकोले राप्रपामा प्रवेश गरेको वि.सी. ले बताएका छन ।


