एन्जल्स कम्प्युटर ट्रेनिङ ईन्स्टिच्युटद्वारा कपिलवस्तु विद्या मन्दिरमा हाजिरी जवाफ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा रहेको एन्जल्स कम्प्युटर ट्रेनिङ ईन्स्टिच्युटले कपिलवस्तु विद्या मन्दिर स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । ‘कम्प्युटर शिक्षा आजको आवश्यकता’ भन्ने मुल नारा सहित शुक्रबार विद्यालयको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो ।

८ वटा समुह रहेको प्रतियोगितामा संगम घिमिरे, स्मृती अधिकारी, अंशु मगर, सुमन पौडेल, प्रविना बस्नेतको समुह प्रथम भएको छ । उक्त समुहले प्रमाणपत्र, शैक्षिक सामाग्रि र मायाको चिनो प्राप्त गरेको छ । त्यस्तै सफल बन्जाडे, आशिष आचार्य, भुमिका जि.सी. सन्जिला गैरे, अदिती पौडेलको समुह दोस्रो र जिवन थारु, सुदिप पौडेल, संचित बेल्वासे, श्रेधा घिमिरे र सन्तोषको समुह तेस्रो भएको छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गिण पक्षको विकासमा महत्वपुर्ण सहयोग गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यस क्षेत्रमा एन्जल्स कम्प्युटरले कम्प्युटर शिक्षा प्रदान गर्न धेरै सहयोग गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद पौडेलले यस्ता रचनात्मक क्रियाकलाप गर्न आफ्नै विद्यालयलाई छनोट गरेको भन्दै अयोजक संस् थालाई धन्यवाद दिनुभयो ।

त्यस्तै प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सहभागीहरुलाई संस्थाले कम्प्युटर सम्बन्धि कुनैपनि कोर्स पढ्दा शत प्रतिशात छुट रहने पनि संस्थाका प्रमुख राहुल शर्माले बताउनुभयो । त्यस्तै दोस्रो स्थान हासिल गर्नेलाई ८० प्रतिशत, तेस्रो स्थान हासिल गर्नेलाई ७० र सहभागि सम्पुर्णलाई ५० प्रतिशत छुट दिइने प्रमुख शर्माले बताउनुभयो ।

शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सुसिल कुवरले गर्नुभएको थियो ।

May be an image of 9 people, hospital and text

May be an image of 4 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *