जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी गायक ऋषीकेश पाण्डे र रञ्जिता विश्वकर्माको आवजमा रहेको फूल फुलेको बोलको नँया लोक गीत आज सार्वजनिक भएको छ ।
उक्त गीतमा विक्रम बावु विश्वकर्माको शब्द रचना, ऋषीकेश पाण्डे र रन्जिता विश्वकर्माको आवाज तथा विजय पुन, बबिता विश्वकर्मा र रश्मि भण्डारीको अभिनय रहेको गीतमा गाउँ घरमा पहिलाको समयमा रातम रोधि बस्ने चलनलाई समेटिएको देख्न सकिन्छ। गीतलाइ कमल भक्तले निर्देशन गरेका छन ।
उक्त गीतको संगीत संयोजन नविन परियार,छायांकन सुनिल भण्डारीले ले गरेका छन भने वानडिबि रेर्कडिङ स्टुडियोमा तयार पारीएको गित ऋषीकेश अफिसियल युट्युवबाट सार्वजनिक भएको छ ।