जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरिरहेको ‘जनतासँग प्रत्यक्ष संवाद तथा छलफल’ कार्यक्रममा स्थानीयवासीले खुला रूपमा समर्थन जनाएका छन् । कार्यक्रममा सहभागी जनताले “हाम्रो उम्मेदवार आशिष शर्मा नै हुन” भन्दै यसपटक उनलाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयहरूले आशिष शर्मालाई इमानदार, कर्मठ र जुझारु युवा नेता ठानेको बताएका छन् । उनीहरूका अनुसार उनलाई जिताएपछि देश, क्षेत्र र गाउँ–टोलको समग्र विकास सम्भव हुने विश्वास छ । शिक्षा, रोजगारी र अवसर सिर्जनामा आशिष शर्माले ठोस काम गर्ने जनताको अपेक्षा रहेको छ ।
कार्यक्रममा बोल्दै स्थानीय युवाले भने, “हामी गाडीमा चढेर टाढाबाट हात हल्लाउने नेता होइन, घर–घर, ढोका–ढोका पुगेर भोट माग्ने नेतालाई जिताउन चाहन्छौँ।” उनीहरूले आशिष शर्मा सादा जीवनशैलीमा विश्वास गर्ने र बाइकमा यात्रा गर्दै जनताको घरदैलोमा पुगिरहेको उदाहरण पनि प्रस्तुत गरे ।
बुढापाखाको धारणा पनि युवाप्रति सकारात्मक देखिएको छ । “आजसम्म जितेर गएकाले के गरे रु अब पालो युवाको हो,” भन्दै वृद्धवृद्धाले पनि यसपटक आशिष शर्मालाई नै भोट दिने बताएका छन् ।
स्थानीय चोक–चोक र गल्ली–गल्लीमा “योपाली सरकार बनाउने, आशिषलाई जिताउने” भन्ने चर्चा चलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । धेरैले आशिष शर्माको तुलना काठमाडौं महानगरका मेयर बालेन शाहसँग गर्दै, “बालेनले काठमाडौं बदले, आशिषले कपिलवस्तु हरियो र बलियो बनाउँछन्” भन्ने विश्वास व्यक्त गरेका छन् ।
“हाम्रो होइन, राम्रो चाहियो” भन्ने मूल नाराका साथ अघि बढिरहेका आशिष शर्माको चुनाव चिन्ह जीप रहेको छ । जनताले योपटक युवाको सान र जनताको रोजाइ बनेका आशिष शर्मालाई जीपमा मत दिएर विजयी गराउने बताएका छन् ।


