उद्योग व्यापार संघ कपिलवस्तुको ५ वर्षे कार्ययोजना सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । दोस्रो स्थापना दिवसको अवसरमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा महत्वपुर्ण निर्णय सहित ५ वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो । कार्यक्रम अर्घाखाँचीको नरपानी स्थित देउराली क्याम्प फायर एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।

संघका अध्यक्ष खिमान्नद पौडेल (कोपिलले) संस्थाले गरेका काम र आगामी पञ्चवर्षीय योजनाहरु प्रस्तुत गर्नु भएको थियो । जसमा आर्थिक पत्रकारिता पुस्कारको स्थपना, बिपद् व्यवस्थापन, दैवि प्रकोप उद्धार कोषको स्थपना, सदस्य राहत कोषको स्थापना, सामुहिक लगानीमा उद्यमशिलता, कम्तिमा वार्षिक एउटा उद्यमशिलता, व्यवसायिक तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै नितिगत योजना तर्फ विभिन्न संघ संस्था सङ्ग सहकार्य, समन्व्य गर्दै व्यवसायीहरुको हकहितको लागि आवाज उठाउने निर्णय गरेको छ । भने संस्थागत कार्ययोजना अन्तर्गत कपिलवस्तुका दश वटै पालिकामा ब्यापार संघको शाखा तथा सदस्यता विस्तार, व्यवसायीक हकहितका सम्बन्धमा सरोकार राख्ने कार्यक्रमहरुको आयोजना गरिने, आफ्नै जग्गा तथा सुविधा सम्पन्न बहुउद्देश्य भवन निर्माण गरिने लगायतका कार्यक्रम गर्ने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।

No description available.

उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग महासंघका केन्द्रीय वरिष्ट उपाध्यक्ष श्याम श्रेष्टले देशैभरका संघसंस्था मध्ये उद्योग ब्यापार संघ उत्कृष्ट स्थानमा पर्न सफल भएको बताउनुभयो । ब्यापार संघले छोटो समयमा विभिन्न रचनानात्मक कार्यक्रम गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नु भयो ।

No description available.

त्यस्तै नेपाल उद्योग ब्यापार महासंघ केन्द्रीय वाणिज्य उपाध्यक्ष बावुराम पोख्रलले संघले स्थापना कालदेखि हाल सम्म गरेको प्रगती निकै लोभलाग्दो रहेको भन्दै परिस्थिती र समय अनुकुल बनाउदै लैजान आग्रह गर्नुभयो । संघले युवाहरुलाई रोजगारी दिलाउदै बाहिर जाने युवाहरुलाई स्वदेशमा परिचालन गर्ने समेत बताउनुभयो ।

यता कार्यक्रममा कानुनी सल्लकार मिन प्रसाद पोख्रेलले सहजरीकरण गर्दे संघको स्थापनाको उद्देश्य बारे प्रष्ट पार्नुभयो । त्यस्तै संस्थाका सल्लकार अर्जुन प्रसाद पोख्रेलले संस्थलाई अगाडी बढाउने योजना, उदेश्य बारे बताउनु भएको थियो ।

No description available.

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष यम वहादुर के.सि.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव वासुदेव खनाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हुमनाथ पौडेल, उद्योग ब्यापार महासघं लुम्बिनी प्रदेश कमिटि सदस्यहरु, संस्थाका सल्लाहाकारहरु, जिल्ला सदस्यहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

यता संस्थाले सोमबार बाणगंगा स्थित आफ्नै कार्यालयमा ‘राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण’ भन्ने मुल नाराका साथ संघले आफ्नो स्थापना दिवसको अवसरमा सक्षिप्त कार्यक्रम समेत गरेको थियो ।

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *