आशिष शर्माको उम्मेद्वारीले कपिलवस्तुका मतदाता उत्साहित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरिरहेको जनतासँगको प्रत्यक्ष संवाद तथा छलफल कार्यक्रममा स्थानीय जनताले खुला रूपमा समर्थन जनाएका छन् । कार्यक्रममा सहभागी जनताले “हाम्रो उम्मेदवार आशिष शर्मा नै हुन” भन्दै यसपटक उनलाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

स्थानीयका अनुसार आशिष शर्मा इमानदार, कर्मठ र जुझारु युवा नेता भएकाले उनलाई जिताएपछि देश, क्षेत्र र गाउँ–टोलको समग्र विकास सम्भव हुने विश्वास छ। शिक्षा, रोजगारी र अवसर सिर्जनामा आशिष शर्माले ठोस काम गर्ने जनताको अपेक्षा रहेको छ ।

कार्यक्रममा बोल्दै स्थानीय युवाले भने, “हामी गाडीमा चढेर टाढाबाट हात हल्लाउने नेता होइन, घर–घर, ढोका–ढोका पुगेर भोट माग्ने नेतालाई जिताउन चाहन्छौँ।” उनीहरूले आशिष शर्मा सादा जीवनशैलीमा विश्वास गर्ने र बाइकमा यात्रा गर्दै जनताको घरदैलोमा पुगिरहेको उदाहरण पनि प्रस्तुत गरे ।

बुढापाखाको धारणा पनि युवाप्रति सकारात्मक देखिएको छ। “आजसम्म जितेर गएकाले के गरे ? अब पालो युवाको हो,” भन्दै वृद्धवृद्धाले पनि यसपटक आशिष शर्मालाई नै भोट दिने बताएका छन् ।

स्थानीय चोक–चोक र गल्ली–गल्लीमा “योपाली सरकार बनाउने, आशिषलाई जिताउने” भन्ने चर्चा चलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। धेरैले आशिष शर्माको तुलना काठमाडौं महानगरका मेयर बालेन शाहसँग गर्दै, “बालेनले काठमाडौं बदले, आशिषले कपिलवस्तु हरियो र बलियो बनाउँछन्” भन्ने विश्वास व्यक्त गरेका छन ।

“हाम्रो होइन, राम्रो चाहियो” भन्ने मूल नाराका साथ अघि बढिरहेका आशिष शर्माको चुनाव चिन्ह जीप रहेको छ। जनताले योपटक युवाको सान, जनताको रोजाइ बनेका आशिष शर्मालाई जीपमा मत दिएर विजयी गराउने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *