१५औं कपिलवस्तु महोत्सव विगत भन्दा फरक र पृथक हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । मंसिर १९ देखि पौस २ गते सम्म सञ्चालन हुने १५ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। शनिवार उद्योग बाणिज्य संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा मार्फत तयारी बारे जानकारी गराएको छ ।

यस वर्षको महोत्सव विगतका महोत्सवहरू भन्दा फरक र पृथक हुने आयोजकले जनाएको छ। १३औं कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य, र स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा विशेष ध्यान दिएको जनाएको छ। महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको पनि संघले जनाएको छ। यस वर्ष महोत्सवको गेटको डिज़ाइन पशुपतिनाथको मन्दिरको झल्को दिने गरी निर्माण गरिनेछ।

कृषि प्रवर्द्धनको लागि कृषि आधुनिकीकरणको प्रदर्शनीको आयोजना गरिनेछ र सम्बन्धित सबैलाई सोमा सहभागी हुन अनुरोध गरिएको छ। लुम्बिनी विकास कोषलाई बुद्धसँग सम्बन्धित कार्यक्रम हरूलाई अगाडि बढाउनको लागि समेत अनुरोध गरिएको जानकारी दिइएको छ। महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको संघले जनाएको छ। महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा रहेको जनाएको छ ।

महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, महोत्सवको दौरान महानायक राजेश हमालले कपडा बैंकको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

पत्रकार सम्मेलन कार्यक्रममा आयोजक मूल समारोह समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यको प्रमुख आतिथ्यतामा, मेलाका निर्देशक हुमनाथ पौडेल, संघका पूर्व सल्लाहकार र वाणगंगा ५ का वडाध्यक्ष दुनिका भुषाल लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *