हलेसी गएका तीर्थयात्री चढेको गाडी दुर्घटना : १४ जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

खोटाङ । खोटाङमा तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ । साउन १९ गते सोमबार बिहान सिराहाको तीर्थयात्री बोकेको प्रदेश २–०१००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट पल्टिएको हो ।

हलेसीमा दर्शनपछि सिराहा फर्कँदै गरेको गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाको दौंते खोला नजिक पल्टिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी ९प्रहरी निरीक्षक० सुशान्त मिश्रका अनुसार चालक सहित १६ जना यात्रु सवार थिए । एक जना यात्रु गाडीले च्यापिएको अवस्था भेटिएको र उहाँको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेसहित अन्य १३ जना घाइतेलाई नजिकै रहेको उदयपुरस्थित घुर्मीमा एम्बुलेन्समार्फत प्राथमिक उपचारका लागि लगिएको छ ।

दुर्घटनामा परेका तीर्थयात्री सिराहाको नराहा नगरपालिका–५ बाट हलेसी दर्शनमा आएको बताइएको छ । घाइतेहरूको सबै विवरण खुल्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *