कपिलवस्तु । यतिबेला देश चुनावमय बनेको छ । कपिलवस्तु सहित देशैभर विभिन्न राजनैतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले आफ्नो प्रचार प्रशारलाई तिव्र पारेका छन । विभिन्न दल र स्वतन्त्र उम्मेद्वारहरु चुनाबी मैदानमा होमिएपछि कपिलवस्तुको निर्वाचन पनि रोचक बन्ने देखिएको छ ।
यसैबिच कपिलवस्तुको क्षेत्र नम्बर १ मा युवा नेता आशिष शर्मा काङ्ग्रेस बाट अलग्एिर स्वतन्त्र रुपमा निर्वाचनमा होमिएपछि यहाँको चुनाबी लडाई अझ रोचक बन्ने देखिएको हो । कपिलवस्तुको क्षेत्र नं १ बाट नेपाली कांग्रेसमा अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि विजयी भएका र युवा माझ लोकप्रिय युवा उम्मेद्वार आशिष शर्माको स्वतन्त्र उम्मेदवारीलाई कपिलवस्तु जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगाएत दलहरु पनि आशिष शर्मा बागी उठेपछि जित्न सहज हुने अपेक्षा गरेका छन् ।
स्वतन्त्र उम्मेद्वारी दिएका आशिष शर्माले कपिलवस्तु क्षेत्र नं १ वासीको मागलाई नकार्न नसकेर आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताए । शनिबार बाणगंगाको बैरियामा यस क्षेत्रका युवाहरु सङ्ग निर्वाचन लक्षित अन्तरक्रियामा उनले यस्तो बताएका हुन । युवाहरुको आशालाई खेर फाल्न नदिने उनले बताएका छन ।
को हुन आशिष शर्मा ?
४६ वर्षीय आशिष शर्मा कपिलवस्तु जिल्लाको राजनीतिमा उदाउँदै गरेका त्यस्ता युवा नेता हुन्, जसले व्यवसायिक सफलता, संस्थागत अनुभव र सामाजिक उत्तरदायित्वलाई एउटै धारमा जोड्ने प्रयास गरी रहेका छन्। कपिलवस्तु जिल्लालाई आफ्नो कर्मभूमि बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरी स्वदेशमै दीर्घकालीन योगदान गर्ने बाटो रोजेका हुन् ।
१४ वर्षभन्दा बढी समय वित्तीय सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा व्यवसाय इकाई प्रमुखका रूपमा काम गरेका शर्माले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभव सुदृढ मानिन्छ ।
संस्थागत नेतृत्वको हिसाबले शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध रहँदै नीति निर्माण र निजी क्षेत्र सुदृढीकरणमा सक्रिय रहेका छन् । नेपाल व्यवस्थापन संघको सदस्यका रूपमा तथा विभिन्न कम्पनीका बोर्डमा सेवा र सञ्चालकको जिम्मेवारी सम्हाल्दै उनले सुशासन र सामाजिक उत्तरदायी नेतृत्वको अभ्यास गरीरहेका छन ।
वित्तीय क्षेत्रको नियमन र सञ्चालनमा पनि शर्माको उपस्थिति उल्लेखनीय छ। शर्माले हिमालयन बैंक लिमिटेडका निर्देशक, नबिल बैंक लिमिटेड मा काम गरेको तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकको रूपमा कार्य गरिसकेका छन् ।
यस्तै, अध्यक्षका रूपमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा नेपाल बीमा नियामक निकाय बीमा समितिमा रही कार्य गरेको अनुभव पनि शर्मासँग छ। हाल शर्मा हिमालयन बैंक लिमिटेडका बोर्ड सदस्यसमेत हुन् ।
कपिलवस्तु जिल्लालाई विशेष महत्व दिँदै शर्माले कपिलवस्तु जिल्लाको बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रा लि स्थापना गरी प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। यसले कपिलवस्तु जिल्लामा कृषि उत्पादनको संरक्षण, बजार सुनिश्चितता र रोजगारी सिर्जनामा नयाँ सम्भावना खोलेको छ ।
राजनीतिक रूपमा आशिष शर्मा नेपाली कांग्रेस कपिलवस्तुका सक्रिय र युवा माझ लोकप्रिय युवा नेता हुन्। कांग्रेसबाट गत महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं १ बाट सबैभन्दा धेरै मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु उनको पार्टी भित्रको विश्वास र संगठनात्मक क्षमताको उदाहरण हो। नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं १ ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि शर्माको नाम पहिलो नम्बरमा सिफारिस गरेको भएता पनि केन्द्रले उनलाई टिकट भने दिएन ।
मृदुभाषी, मिलनसार र विचारमा स्पष्ट शर्माले राजनीति सेवा, विकास र परिणाममुखी हुनुपर्छ भन्ने मान्यता राख्छन्। पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका छोरा शर्मा नेपाली राजनीतिमा जेन–जी पुस्ताको प्रतिनिधि पात्रका रूपमा कपिलवस्तु जिल्लाका युवाहरुले लिएका छन्। अनुभव र युवाशक्तिको संयोजनमार्फत कपिलवस्तुको समृद्धि र परिवर्तनको यात्रामा आशिष शर्मा सम्भावित र क्षमतावान लिडरको रूपमा अघि बढिरहेका छन ।


