सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सैनामैना । सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको भन्दै करिव ३० खेलाडीहरुलाई सम्मान गरेको हो । यस्तै खेलकुद समिति र नगरपालिकाले शारीरिक सुगठन प्रतियोगितामा भाग लिन माल्दिभ्स जान लागेका सैनामैनाका कृष्ण श्रेष्ठलाई सफलताको शुभकामनासहित विदाई गरेको छ ।

सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले आफ्नो जीवन नै खेलमा समर्पित गरेका तथा सैनामैनाको नाम चम्काउन जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत नगरपालिकाको नाम राख्न थप मेहनतका साथ लाग्न खेलाडीहरुलाई आग्रह गर्दै नगरपालिका सधै खेलाडको पक्षमा रहने प्र्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले सैनामैना नगरपालिकामा बसोबास गरेका सैनामैनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलेर सैनामैना र देशकै पहिचान बनाएका सैनामैनाका खेल नक्षत्रहरुलाई सम्मान गरिएको बताउनु भयो । उहाँले बजेट अभावका कारण भनेजति खेलाडीहरु सहभागी गराउन नसकेको जानकारी गराउनुभयो ।

खेलाडी सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली,  सैनामैना वडा नं। ५ का वडा अध्यक्ष धन प्रसाद पौडेल, नगर शिक्षा समिति सदस्य नेत्रलाल पुरी, सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा वेल्वासे तथा माल्दिभ्समा हुने साउथ एसियन शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन जाने तयारीमा रहेका शारीरिक सुगठनका खेलाडी कृष्ण श्रेष्ठ लगायतले बोल्दै सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान गरेर खेलाडीहरुमा हौसला बढाउने, प्रोत्साहन प्रदान गर्ने काम गरेको बताउनु भयो ।

कार्यक्रम सैनामैना नगर खेलकुद विकास समितिका संयोजक खिम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य अर्जुन पोख्रेलको स्वागत तथा डि आर गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *