सिद्धार्थ ट्रेडर्स चारनम्बरले लन्च गर्यो हिरोको एक्स्ट्रीम १२५ र १६० सीसीको मोटरसाइकल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । हीरो मोटोकर्पले सार्वजनिक गरेको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर कपिलवस्तुमा समेत पाइने भएको छ । सि.जि. मोटर्स तथा हिरो मोटोकर्पको कपिलवस्तुको आधिकारीक बिक्रेता सिद्धार्थ ट्रेडर्स चारनम्बरले आज बुधवार एक कार्यक्रमका बिच उक्त मोटरसाइकल लन्च गरेको हो ।

युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त मोटरसाइकल लन्च भएकै दिन कपिलवस्तुमा ९ वटा मोटरसाइकल बिक्रि भएको ट्रेडर्सका सञ्चालक नारायण पौडेलले बताउनुभयो । कम्पनिले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु ३ लाख ८४ हजार ९सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि रु. ३ लाख ११ हजार ९ सय मुल्य तोकेको सञ्चालक पौडेलले जानकारी गराउनुभयो ।

यस्ता छन एक्स्ट्रीम मोटरसइकलका विशेषताहरु 
– १६३ सीसी.४–भल्भ बीएस–भीआई इन्जिन प्रदान ।
– ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने ।
– फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता रहेको ।
– तौल केवल १४५ किलो
– ईबीटी प्रणाली उपलब्ध
– सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर र नेगेटिभ एलसीडी इन्स्टुमेन्ट क्लस्टर फिचर भएको ।
-१२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शक लगायत अन्य विभिन्न विशेषता भएको ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष साथै कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर क्षेत्रीले युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको मोटरसाइकलमा हामिले खोजे जस्ता विशेषता रहेकोमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, नागरिक समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष दोलक बहादुर पछाइ लगायतले मन्तव्य राख्नुभएको थियो ।

लन्चिङ कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष देवि प्रसाद पाण्डे, उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, विभिन्न अन्य सोरुमका सञ्चालक तथा पदाधिकारी, ट्रेडर्सका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सोरुमाका सञ्चालनक नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा म्यानेजर बाबुराम पौडेलको स्वागत तथा सेल्स इन्चार्ज शिव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *