सांसद अन्सारीको निधन पछि प्रतिनिधिसभा बैठक स्थगित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको छ। आइतबार उपचारका क्रममा जसपा समानुपातिक सांसद अन्सारीको निधन भएको हो।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए। शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन्।  अर्को बैठक चैत ५ गते सोमबार बिहान ११ बजे बस्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *