जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता मोहनलाल आचार्यले संविधान संसोधन गर्नुपर्ने बताउनु भएको छ । संविधान र पुराना कानुनहरूका त्रुटीहरुले गर्दा जनतालाई डेलिभरी दिन नसकिने भन्दै संसोधन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
पुराना राजनीतिक दलहरूले पालो गरि गरि देशलाई तहस नहस पारेर युवाहरूलाई विदेशिन बाध्य बनाएको बताउनु भएको छ। दुई तिहाइको सरकारले जनताको हित विपरीतको कार्य गरेकोले जेन जी आन्दोलन बाट सत्ता पल्टिएको बताउनु भयो । उँहाले आगामी निर्वाचन पछि रास्वपाको सरकारले संविधान र कानुनलाई संसोधन गरी आगामी ५ वर्षमा देशको मुहार फेर्ने बताउनुभयो ।
छिमेकी जिल्ला रूपन्देहीको विकास हुँदै गर्दा, कपिलवस्तुले पटक पटक मन्त्री पाउदा पनि कपिलवस्तुलाई विकासमा पछाडि परिएकोले यसको निकास र विकासको लागि आफू मैदानमा होमिएको बताउनु भएको छ ।
आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गर्दै कपिलवस्तु १ बाट फराकिलो मतान्तरले विजय प्राप्त गर्ने उनको भनाई रहेको छ ।
उहाले कपिलवस्तु १ वासीलाई घन्टी चुनाब चिन्हमा मतदान गर्न समेत आग्रह गर्नुभयो ।


