श्रृङ्गीघाट सामुदायिक वनका नवनिर्वाचित पदाधिकारीहरु द्वारा सपथ सङ्गै पदभार ग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरि पदभार ग्रहण गरेका छन् । आईतबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा आयोजिक एक कार्यक्रमका बीच वनका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक रामजी सेनले वननिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका हुन् ।

वनको अध्यक्षमा गणेश बहादुर सिंह ठकुरी ९सुशील० दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका हुन् । वनको अधिवेशनबाट उपाध्यक्षमा बुद्ध बहादुर शाही, सचिवमा कमला सेन सुष्मा, सह–सचिवमा हरि प्रसाद पौडेल, कोषाध्यक्षमा विना राना बुढाथोकी सर्वसम्मत निर्वाचित भएका निर्वाचन मण्डलका संयोजक रामजी सेनले जानकारी दिए ।
कार्यसमिति सदस्यहरूमा लिलाराम चमार, सीता गैरे, भोजराज आचार्य, शोभाखर पौडेल, विष्णु वि।सी।, मिना थारु, सुनिता श्रेष्ठ, पोखराज थारु, मथुरा आचार्य, गीता वि।सी।, होम बहादुर सेन, हरि बहादुर पुन, र ज्ञानु कुमारी नेपाली चयन भएको उनले बताए । लेखा समिति संयोजकमा गुरुदेव पौडेल चयन भएका छन् ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैं श्रृङ्गीघाट सामुदायिक वन बाणगंगा हुदैं जिल्लामै उदाहरणीय वनका रुपमा स्थापित भएको बताए । उनले यस वनका गतिविधिबाट अन्य वनले समेत सिक्न आवश्यक रहेको बताए । उनले बाणगंगामा ३६ वटा सामुदायिक वनहरु रहेको बताउँदै वनको संरक्षण, सम्बर्धनसंगै समाजका हरेक क्षेत्रमा वनले योगदान गरिरहेको बताए । उनले बाणगंगालाई समृद्ध बनाउने अभियानमा वनहरुको योगदान महत्वपूर्ण रहेको बताए । स्थानीय तहको भन्दा बढी बजेट सामुदायिक वनहरुमा रहेको बताउँदै उनले त्यसको सही सदुपयोग गर्नुपर्ने बताए । वनले सुशासन र पारदर्शीतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।

मोतीपुर सब–डिभिजन वन कार्यालयका प्रमुख ऐजाज अहमद अन्सारी र पिपरा सब–डिभिजन वन कार्यालयका प्रमुख मोहन मिश्रले वन चौतर्फी आक्रमणको शिकार भईरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले वन व्यवस्थापन र संरक्षणमा विशेष चासो देखाउनुपर्ने बताए । उनले नवनिर्वाचित कार्यसमितिलाई वनका कामकारबाही सहज रुपमा संचालन गर्न थप दक्ष कर्मचारी राख्न सुझाव दिए ।

निर्वाचन मण्डलका संयोजक राँमजी सेनले निरन्तरको मेहेनतपछि सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न सफल भएको स्मरण गरे । उनले यस नवनिर्वाचित कार्यसमितिले वनको हितका योजनाबद्ध रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष गणेश बहादुर सिंह ठकुरी ९सुशील० ले आफुमाथिको विश्वासलाई कायम गर्दै वनलाई प्रदेश हुदैं राष्ट्रकै नमुना वनको रुपमा स्थापित गर्न लाग्ने बताए । उनले सबैलाई मिलाएर लैजाने समेत प्रतिवद्धता व्यक्त गरे । उनले ‘हरियो वन बाणगंगाको धन’ भएकाले नगरपालिकासंग सहकार्य गर्दै नगरलाई समृद्ध बनउने दिशातर्फ आफ्नो कार्यसमिति लाग्ने बताए । उनले वनको दिगो विकास र संरक्षणका लागि समर्पित भएर काम गर्ने बताए ।

नेपाली कांग्रेसका नगर सभापति विष्णु थापा, नेकपा एमालेका जिल्ला सल्लाहकार मदन शाही, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष टेकेंन्द्र बहादुर क्षेत्री लगायतका वक्ताहरुले नवनिर्वाचित कार्यसमितिलाई सहमति र सहकार्य गर्दै सबै पक्षसंग मिलेर जान सुझाव दिएका थिए ।

निर्वाचन मण्डल सदस्य बेदराज नेपालीको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रमको संचालन चेतना अधिकारीले गरेकी हुन् । कार्यक्रममा निवर्तमान पदाधिकारीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *