शोकमा डुबेको मधुवनको एक परिवारलाई राप्रपा बाणगंगाको आर्थिक सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शोक सभा सम्पन्न गरेको छ । शनिबार राप्रपा बाणगंगा नगरपालिका ८ का वडाकमिटी अध्यक्ष डोर बहादुर भण्डारीकी स्वर्गीय आमा लक्ष्मी भण्डारीको ९ औ दिनमा राप्रपाले शोकसभा गरेको हो ।

शोकसभापछि राप्रपाले बाणगंगा नगरपालिका ८ मधुवन निवासी अर्जुनभाट क्षेत्रीको पितृ उद्धारको कार्यको लागि आर्थिक सहयोग गरेको छ । राप्रपाका नेता कुलराज पौडेलको प्रतिवद्धता अनुरुप शोकमा डुबेको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

स्वर्गीय भीम बहादुर भाट क्षेत्रीको छोरा अर्जुन भाट क्षेत्रीको घरको दयनीय अवस्था देखेपछि राप्रपाले १३औं दिनको पुन्य कार्यको लागी आर्थिक सहयोग गरिएको हो । राप्रपाका नेता कार्यकर्ताहरुले संकलन गरेको आर्थिक रकम राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीले अर्जुन भाट क्षेत्रीलाई अर्जुनकी आमाको रोहवरमा हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै रायमाझीले राप्रपा समाजका हरेक वर्गको पार्टी भएको बताए । जनताको हरेक दुःख, सुखमा राप्रपा साथमा रहेको बताउँदै उनले आर्थिक सहयोगले परिवारले केही राहतको महसुस गर्ने विश्वास व्यक्त गरे ।

उनले आर्थिक रकम संकलन गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिदैं आगामी दिनमा पनि गरिब, दिनदुःखिहरुको घाउमा मलम लगाउने गरि अघि बढ्न आग्रह गरे । उक्त कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *