शिवराजमा एक पुरुषको सवारी दुर्घटनामा परी मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  पुर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर नजिकै रहेको छालाफ्रेक्ट्री स्थित सवारी दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ । सडकमा मागी खाने परिचय नखुलेको अन्दाजी ३०/३५ बर्षिय पुरुषको सवारी दुर्घटनामा परेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

राती करिब २/३ बजेको समयमा उक्त दुर्घटना भएको अनुमान छ । दुर्घटना गराउने सवारी साधन समेत खुलेको छैन । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतकको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *