शितगङ्गा १३ को गोब्रेपानीमा ‘कोदो पकेट’ कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १३ को गोब्रेपानीमा ‘कोदो पकेट’ कार्यक्रम सम्पन्न भएको छ । उक्त गाउँका स्थानीयहरुको आर्थिक उन्नति गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ को कृषि तर्फको नगर बाट स्वीकृत २ दिने कार्यक्रम बाट २० भन्दा बढी घर परिवार लाभान्वित भएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा कोदो खेती गर्दा प्रयोग हुने कोदोको बीउ, कोदाला, हसिया जस्ता आवश्यक सामाग्री समेत प्रदान गरिएको छ । २ दिने तालिममा नगरपालिकाका कृषि शाखा प्रमुख अनिल शर्मा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो ।

चालु आर्थिक वर्षमै नगरपालिकाले कोदोको रक्सिलाई ब्राण्डिङ गर्ने योजना अन्तर्गत यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । कोदो र कोदोको रक्सि उत्पादन हुने गाउँको रुपमा गोब्रेपानीलाई छनोट गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य, नगरपालिकाका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 12 people

Leave a Reply

Your email address will not be published. Required fields are marked *