शितगंगा ९ मा ३ दिने लेखा व्यवस्थापन तथा उद्घोषण तालिम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । महिलाहरुको क्षमता वृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ मा तिन दिने लेखा व्यवस्थापन तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नम्बर ९ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.ली. द्वारा सञ्चालित हर्टविट एफ.एम. ९१.३ मेगाहर्जको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष भिम के.सी.ले महिलाहरुले संविधानमा अधिकार प्राप्त गरेपनि व्यवहारमा भने अधिकार नपाएको भन्दै क्षमता विकास गर्ने उद्देशयले तालिमको आयोजना गरेको बताउनुभयो । विभिन्न संस्थाको विभिन्न पदमा बसेपनि महिला दिदीबहिनीहरु बोल्न नसक्ने, लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन नसकेको महशुस गरेर यस्तो तालिम दिएको भन्दै व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

त्यस्तै प्रशिक्षार्थीहरुले ३ दिनको तालिमले धेरै कुरा सिकाएको भन्दै आगामि दिनमा वडाले यस्तो तालिमको अवधिलाई बढाउनेमा विश्वास व्यक्त गरेका थिए ।

३ दिन सम्म चलेको तालिममा हर्टविट एफ.एम. की बजार प्रमुख अनिता क्षेत्री, सुरज थापा, केशव भुसाल र मधु राना प्रशिक्षकको रुपमा रहनुभएको थियो । कार्यक्रममा वडा सदस्य, वडा सचिव, प्रशिक्षार्थी लगायतको सहभागिता रहेको थियो ।

May be an image of 9 people, people studying, hospital and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *