शितगंगा १४ ले गाउँगाउँ बाट धमाधम योजना सङ्कलन गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । आगामि आर्थिक वर्षको लागि अर्घाखाँचीको शितगंगा १४ ले यतिबेला गाउँगाउँ मै पुगेर योजना सङ्कलन गरिरहेको छ । सम्पुर्ण पक्षलाई समेट्दै वडाको समुचित विकासको लागि अहिले वडा सदस्यहरु गाउँ तथा टोलटोलमै पुगेर योजना सङ्कलन गरिरहेको वडा अध्यक्ष दामोदर न्यौपानेले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

यसैबिच आज बौरी, तल्लगाउ, ढाब, सिखारखोला, भलाएसिख्र र हडाहा सुखौराका स्थानियहरुले माग गरेका योजनाहरुलाई सङ्कलन गरिएको वडा सदस्य ओम बहादुर दर्लामीले बताउनुभयो । सम्पुर्ण टोलहरुको छुट्टाछुट्टै भेला बसी योजनाहरु सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष न्यौपानेका अनुसार साविकको वडा नम्बर ५ मा वडा सदस्य ओम दर्लामी, गन्दी, ओडारपाटा, मुन्द्रिवासमा निम बहादुर सोमै, करेचुली र खोरमरमा माया बैजाली, विक्रम र बठेनीमा हेमा परियार खटिनुभएको छ । उहाँहरुले स्थानीय बाट सङ्कलन गरेका योजनाहरुको आधारमा आगामि आर्थिक वर्षको बजेट तयार हुने वडा अध्यक्ष न्यौपानेले जनहित सङ्ग बताउनुभयो ।

May be an image of 6 people and people studying

Leave a Reply

Your email address will not be published. Required fields are marked *