जनहित अनलाइन, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा १३ मा १५ दिने बाँसको हस्तकला बनाउने तालिम सञ्चालन भएको छ । शितगंगा नगरपालिका उद्योग विकास शाखाको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष दुर्गा वि.सी. ले ग्रामिण भेगका महिलाहरुलाई स्वरोजगार बनाउन यस्ता तालिमले निक्कै महत्वपूर्ण भुमिका खेल्ने भन्दै तालिममा सिकेको सिपलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । वडा भित्रका महिलाहरुको सशक्तिकरणको लागि विभिन्न निकाय सङ्ग समन्वय गरेर काम गरिरहेको वडा अध्यक्ष वि.सी. ले बताउनुभयो ।
वडा भित्रका १५ जना महिलाहरुको सहभागिता रहेको तालिममा बाँस बाट बन्ने विभिन्न सामाग्रीको लागि सिप सिकाइने छ ।



