लुम्बिनी कृषि कम्पनी सहित चारनम्बरका अधिकांश व्यवसाय डुबानमा, लाखौंको क्षति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा रहेको लुम्बिनी कृषि कम्पनीको कार्यालयमा डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको छ । अविरल वर्षाका कारण उक्त क्षेत्रमा डुबान हुदा विभिन्न सामाग्री सहित महत्वपूर्ण कागजपत्र नष्ट भएको प्रालिका सञ्चालक कैलास चौधरीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

बाणगङ्गाका अधिकांश स्थानहरु अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित विकास निर्माणका कारण चारनम्बर क्षेत्रमा डुबान भएको छ । लुम्बिनी कृषि कम्पनी सहित यस क्षेत्रमा भएको डुबानका कारण लाखौंको क्षति भएको व्यवसायीहरुले बताएका छन ।
कपिलवस्तुमा सहित विभिन्न जिल्लामा रातिदेखि नै भारी वर्षा भैरहेको छ । जिल्लाको बाणगङा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *