लघु, घरेलु तथा साना उद्योगीको लागि २ दिने लेखा व्यवस्थापकिय तालिम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगामा लघु, घरेलु तथा साना उद्योगीहरुको लागि २ दिने लेखा व्यवस्थापकिय तालिम सुरु भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा तालिम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिनु भयो ।

३५ भन्दा बढी सहभागि रहेको तालिममा लेखा व्यवस्थापन सम्बन्धि विभिन्न सिपहरु सिकाइने उहाँले बताउनुभयो । २३ र २४ गते गरि २ दिन सञ्चालन हुने तालिमले लेखा सम्बन्धि प्राविधिक ज्ञान नहुँदा झमेला खेपिरहेका व्यवसायीहरुको लागि महत्वपुर्ण सहयोग गर्ने महासचिव घिमिरेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले लेखा व्यवस्थापन तालिमको माध्यम बाट अनावश्यक खर्च कटौती हुने बताउनुभयो । व्यवसायीहरुमा लेखा सम्बन्धि प्राविधिक ज्ञान नहुदा विभिन्न झमेला पर्ने गरेको भन्दै त्यसलाई यो तालिमले ठुलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख चौधरीले पछिल्लो समय आर्थिक अवस्थाकै कारण परिवारमा झैझगडा हुने गरेको भन्दै अर्थलाई चुस्त दुरुस्त राख्ने हो भने त्यस्तो झगडा पनि नियन्त्रण हुने बताउनुभयो ।

No description available.

त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस क्षेत्रका साना ठुला सम्पुर्ण व्यवसायीहरुको आर्थिक अवस्था सुधार गर्न यस तालिम सञ्चालन गरेको बताउनुभयो । हामिले दैनिक रुपमा राख्नुपर्ने हिसाब किताब चुस्त दुरुस्त बनाउन नसक्दा कारबाहीमा पर्ने गरिएको उहाँले बताउनुभयो ।

No description available.

लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका लेखा अधिकृत विक्की झाले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै तालिममा सिकाइने विषय वस्तु माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, कोषाध्यक्ष धिरज खनाल लगायतले तालिमलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, वस्तुगत उपाध्यक्ष शालिकराम भुसालको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, संघका अन्य पदाधिकारी, प्रशिक्षार्थी लगायतको सहभागिता रहेको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *