रूपन्देहीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ का ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।

 

लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले बताए ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *