जनहीत अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले केन्द्रिय कलाकारहरुलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ।

मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष रामजी खाँण त्यास्तै प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल कार्यसमितिका सचिव शान्ता रानी परियारलाई आज कपिलवस्तुको वाणगङ्गा जितपुर स्थित आफ्नो कार्यालयमा स्वागत गरिएको हो ।


कपिलवस्तु आउदै गर्दा समय संयोगको क्रममा पनि आफुलाई दिएको छुट्टै खालको स्वागत र प्रतिष्ठान प्रतिको माया देख्दा खुशी लागेको बताउदै यस सस्थाको लागि आफुहरुले सक्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


अध्यक्ष अशिम कडेल क्षेत्रीले कपिलवस्तुका कलाकारहरुलाई पनि केन्द्र सङ्ग जोड्न आवश्यक रहेको भन्दै त्यसको लागि केन्द्रिय तहले पहल गर्दिन आग्रह गर्नुभयो । त्यस्तै अध्यक्ष क्षेत्रीले आफू नेतृत्वमा रहिरदा कपिलवस्तुको गीत सङ्गीत क्षेत्रलाई प्रवर्द्धन गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुलाई बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्नसमेत आह्वान गर्नुभयो ।


कार्यक्रम प्रतिष्ठानमा अध्यक्ष असिम कडेल क्षेत्रीको अध्यक्षयता रहेको कार्यक्रम सञ्चालन सचीव भक्तिराम घिमिरेले गर्नुभएको थियो ।




