राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा असिम क्षेत्री चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा असिम कडेल क्षेत्री चयन हुनुभएको छ ।सनिबार बाणंगाको पिस हिमालयन रिसोर्टमा भएको प्रतिष्ठानको १५ औ साधारण सभा तथा सात औ जिल्ला अधिवेशनबाटअसिम कडेल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । क्षेत्रीले प्रतिष्ठानको निवर्तमान सचिबको भुमिका सम्हाल्नु भएको थियो ।

u

u

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा विनोद रञ्जन, द्वितीय उपाध्यक्षमा सुमन पौडेल, महिला उपाध्यक्षमा वर्षा लम्साल, सचिवमा भक्तिराम घिमिरे, सह–सचिवमा विनोद खनाल , कोषाध्यक्षमा कृष्ण पाडे, सह–कोषाध्यक्षमा देवा चौधरी , प्रवक्तामा अन्जित खनाल सर्वसम्मत भएका छन ।

u

यस्तै सदस्यहरुमा वेलुका बुढाथोकी, पुनाराम बेल्वासे, जितेन्द्र घिमिरे, कविता अधिकारी,गीता आचार्य, अस्मिता सुनार, जुना बि सि, विरेन्द्र रेस्मी, रितु पचभइया, शिवाली सिंह, अनिता क्षेत्री, अञ्जु पेग्नी रहेका छन् ।

अध्यक्षको जिम्मेवारी पाएसंगै क्षेत्रीले प्रतिष्ठानलाई सशक्त बनाउन सदैव  लागिरहने बताउनु भयो । साथै छिटैनै संथाको आफ्नै सानो भवन निर्माणमा लाग्ने बताउनु भयो । संस्थागत रुपमा अगाडि बढाई जिल्लाका कलाकारको भावनालाई मध्यनजर गर्दै अगाडि बढाउने बताउनुभएको छ । अध्यक्ष क्षेत्रीले अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने केन्दीय समिती, प्रदेश समिति, संस्थापक तथा निवर्तमान जिल्ला समिति लगायत सम्पुर्ण साधारण सदस्यलाई आभार व्यक्त गर्नुभएको छ ।

u

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *