रमाइलोका लागि भन्दै क्याम्पसमा बम पड्काएर भाग्न खोज्ने २ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । डीएसपी तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताउनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । -उज्यालो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *