चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेशकै उत्कृष्ट ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रा.ली. लुम्बिनी लर्निङ्ग सेन्टरको बृहत् तीज गीत प्रतियोगिता, सन्देशमुलक भिडियोको नतिजा प्रकाशन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नेपाली मौलिक संस्कृतिलाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । हराउँदै गइरहेको धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्न शिक्षा अनिवार्य रहेको उहाँले बताउनुभयो । संस्थाले आयोजना गरेको यस्तो कार्यक्रमले लुकेको क्षमतालाई प्रस्फुटन गर्न समेत महत्वपूर्ण सहयोग मिल्ने उहाले बताउनुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी ले चाडपर्वको मौलिक पन नमासिने गरि सभ्य रुपमा मनाउनुपर्ने बताउनुभयो । प्रतियोगितालाई निशपक्ष बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका प्रवन्ध निर्देशक असिम कडेल क्षेत्रीले संस्थालाई पुर्ण रुपमा विद्यार्थीको आवश्यकता र चाहाना बमोजिम अगाडि बढाइएको बताउनुभयो । संस्थाले उच्च शिक्षा र रोजगारको लागि मात्र नभै विद्यार्थीका प्रतिभाहरुलाई समेत प्रस्फुटन गर्न यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभयो ।


तीजको मौलिक पन र संस्थाको विशेषतालाई समेटेर प्रस्तुत गरिएको प्रतियोगिताको उपाधी हिमचुली समुहले जित्न सफल भएको छ । ६ वटा टोली सहभागि रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गरे सङ्गै उक्त समुहले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रो बन्न सफल भएको गौरिशङ्कर समुहले ३५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै लालिगुरास समुह र सगरमाथा समुह तृतिय हुन सफल भएका छन । उनीहरुले २५/२५ सय सङ्गै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन ।
त्यस्तै कार्यक्रममा संस्थाको सन्देशमुलक भिडियो प्रतियोगिताको नतिजा समेत प्रकाशन गरिएको थियो । २० जना प्रतियोगि मध्ये पुजा घिमिरे प्रथम हुन सफल हुनुभएको छ । उहाँले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ । त्यस्तै दोस्रो स्थान हासिल गरेको मनोज घिमिरे र सुमन पौडेलको समुहले ७ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सविता बेल्वासे तृतिय हुन सफल हुनुभएको छ । उहाँले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सान्तवना हुनुभएकी गिता भुषालले २५ सय नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताको निर्णयाकमा नृत्य निर्देशक संघ कपिलवस्तुका अध्यक्ष सुमन पौडेल, राष्ट्रिय सङ्गितकर्मी संघ लुम्बिनी प्रदेश महिला उपाध्यक्ष उषा दसौदी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कपिलवस्तुकी महिला उपाध्यक्ष वर्षा लम्साल रहनुभएको थियो ।
मङ्गलबार ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । कार्यक्रम सेन्टरका संचालक असिम कडेल क्षेत्रीको अध्यक्षता तथा सञ्चारकर्मी हरि आचार्यको संचालनमा सम्पन्न भएको हो ।










