बैशाख बाटै कोइली खोलाले ज्यान लिन थाल्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । बर्खाको समयमा प्रत्येक वर्ष कयौँको ज्यान लिइसकेको कोइली खोलाले यस वर्ष भने बैशाख बाटै ज्यान लिन सुरु गरेको छ । विगतमा पुल नभएकै कारण कोइली खोलाले दर्जनौलाई बगाएको थियो । भने अहिले खोलामा बाढी आउँदा दाउरा सङ्कलनका लागि गएका एक स्थानीयको खोलाले ज्यान लिएको छ ।

आइतबार बिहान परेको वर्षाका कारण कोइली खोलामा आएको बाढीमा दाउर सङ्कलन गर्न भन्दै गएका सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई बगाएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो । उनी पत्नी लक्ष्मी थारुसँगै खोलामा गएका थिए ।

लौटनको शव बगाएको स्थान देखि करिब २ किलोमिटर तल खोलाको किनारमा फेला पारेको प्रमुख रायमाझीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *