बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका ६ घर भएका १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति बुटवल उपमहानगरपालिका ७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरका चालक समेत रहेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *