बुटबल । बुटवलको उपमहानगरपालिका वडा न १० चैडाहा राजमार्गमा रहेको प्यासन फाउण्डेशन पछिल्लो समय विद्यार्थीहरुको रोजाई बन्दै गएको छ । जापनिज कोरियन भाषा तथा पिटिई आयल्सका कक्षाहरु धमाधम सञ्चालन भईरहेको उक्त प्यासन फाउण्डेशन पछिल्लो समय शैक्षिक गुणस्तर राम्रो भएका कारण विद्यार्थीहरुको रोजाई बन्दै गएको हो ।
५ बर्ष अघि देखि पुर्ण रुपमा सञ्चालनमा आएको उक्त संस्थाले भाषा अध्ययन गरि जापान, कोरिया, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा जानका लागि प्यासन फाउण्डेशनले सम्पुर्ण प्रक्रिया पुरा गर्ने प्यासन फाउण्डेशन शाखाका प्रमुख कार्यकारी निर्देशक पुष्पराज बहराईले बताउनुभयो । स्टुडेण्ट भिसा अन्तर्गत कोरियन र जापनीज भाषा अध्यापन भईरहेको उहाँले बताउनुभयो ।
उक्त प्यासन फाउण्डेसनमा प्रबन्ध निर्देशक विश्व राना मगर जापनीज प्रशिक्षक केशव भण्डारी सन्तोश पाण्डे दिपक बस्याम र लेखापाल लक्ष्मी पराई मगर लगायतको टिमले संस्थालाई सक्रिय रुपमा अगाडि बढाईरहनुभएको छ । प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरु भएको संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

