जनहित अनलाइन, बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा १ जितपुर आले कलौनि स्थित सोमबार राती घरको झ्याल फोरेर सुन सहित नगद रकम चोरी भएको छ ।
जितपुर स्थित टेकराज न्यौपानेको घरमा सोमबार राती घरको झ्यालको ग्रील फोरेर दराजको चाबि खोली पचास हजार नगद र दुई आना बढिको सुनको औँठी चोरी भएको छ । घरमा बुहारी मात्र भएको मौका पारी चोरी गरेको उनको भनाई छ । उनि तिन दिन अगि मात्र अर्घाखाँचीको सिमलपानि स्थित घर गएका थिए ।
बुहारी सुस्मिता न्यौपानेको अनुसार आफु दुइ बच्चा सहित घरको दोस्रो तल्लामा सुतेको र पहिलो तल्लामा झ्यालको सिसा खोली ग्रील फोरेर राती चोरी भएको हो । बिहान पख झ्यालको ढोका खुल्ला देखेर हेर्दा मात्र चोरी भएको थाहा पाएको उनले बताइन ।
चोरी भएको थाहा पाउना साथ आफु अर्घाखाँची बाट आएर प्रहरीलाइ खबर गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको घरमुली न्यौपानेको भनाई छ ।
प्रहरीको अनुसार करिब ७५ हजार बराबरको सम्पति चोरी भएको छ । विभिन्न उपकरण प्रयोग गरी अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ । महिला मात्र भएको घरमा चोरी हुनु दु:खद रहेको भन्दै अनुसन्धानलाई कुनै कसर बाँकि नराखि मसिनो ढङ्ग बाट अगाडि बढाएको प्रहरीको भनाइ छ ।


