बाणगङ्गाका कुनैपनी वडामा हामी कमजोर छैनौं: काङ्ग्रेस उम्मेद्वार मुसलमान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु कपिलवस्तुको क्षेत्रनम्बर १ का काङ्ग्रेस उम्मेद्वार अत्तहर कमाल मुसलमानले बाणगङ्गाका कुनैपनी वडामा काङ्ग्रेस कमजोर नरहेको बताएका छन । चारनम्बरमा बाणगङ्गा नगरको चुनाव प्रचार प्रशार सम्पर्क कार्यालयको उद्द्घाटन समारोहमा बोल्दै उनले कुनैपनी वडामा आफुहरु कमजोर नरहेको भन्दै कमजोर मनस्थिति नबनाउन कार्यकर्तालाई आग्रह गरेका हुन ।

संविधान सभा सदस्य समेत रहेका मुसलमानले आफु विगतमा पनि जनताको विपक्षमा गएर कुनै कर्म नगरेको भन्दै आफू सधै जनताको पक्षमा रहेको बताए । गगन थापा सभापतिमा आइसकेपछि मतदाताको आगनमा पुग्दा काङ्ग्रेस प्रतिको लहर अझ बढ्दो रहेको उनले बताएका छन । त्यस्तै उनले चुनाव १०–१५ हजार मत अन्तरले जित्ने दाबी समे गरेका छन ।

त्यस्तै समानुपातिक उम्मेद्वार बिमला गैरेले देशैभर काङ्ग्रेसको माहोल बढ्दोरहेको भन्दै ढुक्क भएर चुनावी अभियानमा जोडिन आग्रह गर्नुभयो ।

कार्यालयको उद्घाटन बाणगङ्गा नगरपालिकाका संस्थापक मेयर मङ्गल प्रसाद थारु र महाधिवेशन प्रतिनिधि दुर्गा सेनले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रम काङ्ग्रेस नगर सभापति विष्णु थापाको अध्यक्षता तथा नगर सचिव गोविन्द प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *