जनहित अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरमा सुविधा सम्पन्न ‘होटल मझेरी’ संचालनमा आएको छ । आईतबार लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले रिबन काटेर उद्घाटन गरेसंगै होटल मझेरी संचालनमा आएको हो ।

प्रदेश सांसद पन्थीले होटलको उद्घाटन गर्दै होटल पर्यटनस्तरिय भएको बताए । पूर्वी कपिलवस्तुको पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा बसोबास गर्नेहरुका लागि होटल मझेरी उत्कृट गन्तव्य हुने उनको भनाई छ । उनले पूर्वपश्चिम राजमार्गमा आवातजावत गर्नेहरुका लागि समेत यो होटल आरामदायी बासस्थान बन्ने बताए ।


१५ करोड बढी लगानीमा होटल संचालनमा आएको संचालक छविलाल रेस्मी मगरले जानकारी दिए । बाणगंगा नगरपालिका वडा नं।४ का वडाध्यक्ष समेत रहेका रेस्मी र होटल व्यवसायी पर्शुराम थारुको संयुक्त लगानीमा उक्त होटल संचालनमा आएको हो । बाणगंगा नगरपालिका ३ राजापापानीमा रहेको थारु भिलेज र होटल मझेरी एकसाथ संचालन गरिएको जानकारी दिदैं उनले भने, ‘एक पटकमा सहजै एक सय बढी पाहुनालाई खान बस्न मिल्ने सुविधा दिने क्षमता छ ।’
उनले होटल उद्घाटनको अवसरमा १५ प्रतिशतसम्मको विशेष छुटको ब्यवस्था गरिएको संचालक बताए । यी दुई होटलमा सुविधा सम्पन्न २८ कोठाहरु रहेको उनले बताए । ७ तल्ले होटल मझेरीमा एक रात बिताएको एक हजारदेखि १० हजारसम्मका सुविधा सम्पन्न कोठाहरु रहेको उनले बताए । होटलमा रैथाने खानालाई मुख्य प्राथमिकता दिने बताउँदै उनले थारु परिकार, माछा, लोकर कुखुरा, हाँसका परिकारहरु उपलब्ध हुने बताए । संचालक रेश्मीले अहिले होटलमा प्रत्यक्ष ३२ जनाले रोजगारी पाएको बताए ।


लुम्बिनी, तिलाराकोटसंगै कपिलवस्तुका अन्य पर्यटकिय स्थलको भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत राख्न सकिने गरि सबै व्यवस्थापन मिलाईएको उनले बताए । ‘म स्वदेश र विदेश भ्रमण गर्दा त्यहाँ रहेका होटलहरुको लामो समयदेखि अवलोकन गरिरहेको थिए,’ उनले भने, ‘त्यस्ता सुविधा सम्पन्न होटलमा रहेका काठाहरु हामीले सुपथ मुल्यमा उपलब्ध गराउँछौं ।’


उनले होटल मझेरीको स्थापनासंगै अब लुम्बिनी र कपिलवस्तु आएका कोही पनि पाहुना पर्यटक बास बस्न विभिन्न ठाउँमा भौतारिनुपर्ने स्थितिको अन्त्य भएको बताए । उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न होटल मझेरी प्रत्यक्ष, अप्रत्यक्षमा रुपमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
खान र बस्नको लागि मात्र नभएर दैनिक खाजा नास्ताको लागि बाहिरी होटलहरुमा भन्दा महंगो नभएको उनले बताए ।


उनले होटलमा विभिन्न कार्यक्रम आयोजनाका लागि हल समेत रहेको बताए ।
होटल संचालनका क्रममा रहेक क्षेत्रकाट राम्रो प्रतिक्रिया मिलेको उनले बताए । उनका अनुसार होटल परिसरमै विद्यूतीय सवारीलाई लक्षित गरि ‘ईलेक्ट्रीक चार्जजिङ्ग पोईन्ट’ रहने बताए ।


