जनहित अनलाईन,कपिलवस्तु । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमा चलचित्रले दर्श—-कको अपार माया पाएसंगै तहल्का मच्चाएको छ । बक्स अफिसमा उक्त चलचित्रले दर्शकको अपार माया पाउँदै आज दिउँसो ३ बजेसम्म ११ करोड ४४ लाखको सानदार व्यापार गरेको बोर्डले जनाएको छ ।
यस कमाइसँगै ऊनको स्विटरलाई पछि पार्दै यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ ।
फिल्मले दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि निर्माण युनिट यतिबेला कलाकार उपत्यकाको विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।

आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । बिपना थापा, प्रदीप रावत भारतीय अभिनेता, पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतको फिल्ममा मुख्य अभिनय छ ।
फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको सङ्गीत, अभिमन्यु निरवी, अमर न्यौपाने, र चन्द्र पन्तको संवाद, नवराज उप्रेतीको छायाङ्कन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मका कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माता हुन् ।

