प्लस टु मा फेल भएका ०५६ साल यताकालाई मौका परीक्षाको अवसर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ।

रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्। यसर्थ २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्।

अंकन प्रणालीमा कुनैपनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।

प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने बोर्डले जनाएको छ। ११ र ११ दुवैमा फेल भएका परीक्षार्थीहरूले पनि परीक्षामा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन्।

त्यस्ता विद्यार्थीहरूले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ।

त्यस्तै त्यतिबेला सञ्चालनमा रहेका तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीहरूले पनि बोर्डमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउन सक्नेछन्।

परीक्षा केन्द्र र मिति आवेदन फारामको संख्या अनुसार पछि तोकिने पनि बोर्डले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *