पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

परासी । पश्चिम नवलपरासीको सुक्रौलीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको हो ।

रामग्राम नगरपालिका, १५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका १३ घ्युडल्लाका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना पछि स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *