न्युनतम सेवा मापदण्डमा पिपरा अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउन सफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरु मध्ये पिपरा अस्पताल सर्वोत्कृष्ट भएको छ । न्युनतम सेवा मापदण्डमा अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउदै सफल भएको हो । शुक्रवार अस्पतालमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । भदौ २७ र २८ गते भएको मुल्यांकन स्रोत व्यक्तिको रुपमा आउनुभएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक कम्युनिटि फिजिसियन डा अच्युत न्यौपानेले उक्त घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले अस्पताल सङ्गै नगरपालिकाको सिङ्गो टिमको अथक प्रयासले अस्पतालले पछिल्लो समय धेरै क्षेत्रमा प्रगति गर्न सफल भएको बताउनुभयो ।आवश्यक स्रोत साधन र जनशक्तिको अभावका बिचमा पनि अस्पतालले उत्कृष्ट अङ्क ल्याउन सफल भएको भन्दै अस्पतालको सेवा क्षेत्रलाई बढाउन पालिकाले पहल गर्ने बताउनुभयो । अस्पतालले दिनु पर्ने गुणस्तरिय सेवा सुविधामा जोड दिनु पर्ने मेयर अर्यालले बताउनु भयो । अस्पतालमा भएका केहि सेवा सुविधाहरुमा कमि भए सुधार गर्दै आगमि दिनमा अस्पतालको गुणस्तरीय सेवा सुविधा थप हुदै जाने बताउनु भयो । साथै उहाँले पछिलो समय सेवा सुविधा अनुसार अस्पतालमा जनशक्ति कमि रहेको बताउदै यसलाई क्रमश पूरा गर्दै जाने बताउनु भयो ।

नगर उपप्रमुख रिता कुमारी थारुले जिल्लामा नगरलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउदै पिपरा अस्पताललाई नमुना बनाउ नगर लागि परेको बताउनु भयो ।

निमित्त निर्देशक कम्युनिटि फिजिसियन डा न्यौपानेले कार्यक्रमको आवश्यकता उद्देश्य सङ्गै उक्त कार्यक्रमको लागि अस्पतालले सुधार गर्नुपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । डा न्यौपानेले नगरपालिकालाई पिपरा अस्पतालको लागि बजेटको आकार बढाइदिन पनि आग्रह गर्नुभयो । अन्य स्रोत व्यक्तिको रुपमा जनस्वास्थ्य अधिकृत तथा एम।एस।एस फोकल पर्सन अस्मिता नेपाल, न्युनतम सेवा मापदण्डको कार्यन्वयन अधिकृत सन्देश पौडेल तथा निक साइमन्सको लुम्बिनी प्रदेश संयोजक सुशिल बस्नेतले मुल्यांकन गर्नु भएको थियो ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा सरस्वती भट्राईले एक आर्थिक वर्ष अस्पतालको सेवा सुविधाहरुको बारेमा बताउनु भएको थियो ।
क्लिनिकल कोअर्डिनेटर डा। गणेश क्षेत्रीले स्थानिय बासिको सेवा सुविधा र उपचारमा कुनै कमि नराख्ने बताउदै अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउन सफल भएकोमा सम्पुर्णमा धन्यवाद दिदै खुसी व्यक्त गर्नु भयो ।
नगर प्रमुख अर्यालको अध्यक्षता,वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन क्लिनिकल कोअर्डिनेटर डा क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्षता नगर प्रवक्ता विष्णु प्रसाद पौडेल,स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, नगरका प्रशासन प्रमुख केशवराज भट्टराई, मेडिकल अधिकृतहरु डा तेजेन्द्र चौधरी, डा आदेश रायमाझी, डा सुदिप पौडेल, प्रशासन प्रमुख नरेन्द्र पोखरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै आर्थिक वर्ष २०८०र०८१ मा अस्पतालको सर्वोत्कृष्ट कर्मचारीको रुपमा लामो समय देखि कार्यरत कार्यलय सहयोगी राम बहादुर टन्डनलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *