नवयुग शिक्षक पेशागत सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले केही सहकारीका कारण सम्पुर्ण सहकारीकै बदनाम भैरहएको भन्दै समयमै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार कपिलवस्तुमा रहेको नवयुग शिक्षक पेशागत सहकारीको चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै आफ्नो विश्वसनीयता बढाउने गरि कार्य सञ्चालन गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।

इमानदार भएर सहकारीको रकमलाई सहि सदुपयोग गर्नेहो भने आर्थिक उपार्जनमा महत्तवपूर्ण टेवा पुग्ने पनि मन्त्री कार्कीले बताउनुभयो । शिक्षकहरु मिलेर सञ्चालन गरेको यस सहकारीले शिक्षक र विद्यार्थीको पक्षमा सकारात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङ्गेनी, नेपाल शिक्षक संघ निवर्तमान संघिय सदस्य नेत्रलाल न्यौपाने लगायतले बोल्दै शिक्षकहरु जस्तो सचेत र शिक्षित वर्ग सम्मीलित यस सहकारीले शिक्षकको क्षमता विकास देखि विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्ध गर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष गोविन्द पोख्रेलले सहकारी स्थापना कालदेखि हाल सम्म भएका प्रगती, आगामि योजना लगायतको बारेमा जानकारी गराउनुभएको थियो ।

No description available.

कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सीता शर्मा गौतम, रमेश कुमार पाण्डे, कपिलवस्तु उद्योग वाणिज्य संघका उपाध्यक्ष रामजी शेन, नेपाल शिक्षक संघकाका विभिन्न तहका पदाधिकारी, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

सहकारीका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, उपाध्यक्ष बाबुराम घिमिरेको स्वागत तथा सचिव भरत न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *