त्रिविमा सत्ताधारी दलका भातृ सङ्गठनकै कारण असुरक्षा बढ्यो सुमना श्रेष्ठ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० मा सत्ताधारी पार्टीकै विद्यार्थी सङ्गठनका कारण प्रशासनिक काम ठप्प भएको र पदाधिकारीहरू डरले कार्यालय जानसमेत नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद श्रेष्ठले त्रिवि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, समस्या निम्तनुमा प्रधानमन्त्री ओलीकै दलको भातृ सङ्गठनको दादागिरी र अझै पनि प्रधानमन्त्रीले शिक्षक र विद्यार्थीले राजनीति गर्न पाउनुपर्छ भनेर हिँडेको भन्दै व्यङ्ग्य पनि गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘त्रिविको कुलपति प्रधानमन्त्री, क्याम्पसमा प्रधानमन्त्रीकै दलको दादागिरी छ । अनि शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रूपमा बोल्दै हिँड्ने पनि प्रधानमन्त्री ।’

आजको बैठकमा सांसदहरूले बाढी पहिरोको क्षति, गाडी दुर्घटना लगायतका विषय उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *