तेस्रो मोतिपुर फुलबारी कप २०८१ को उपाधी पायो ब्रदर्श एफसी चप्परगाउँले

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा संचालित तेस्रो मोतिपुर फुलबारी कप २०८१ को उपाधी ब्रदर्श एफसी चप्परगाउँले पाएको छ । यहि मंसिर ८ गते बाट सुरु भई मंसिर १८ गते सम्पन्न भएको प्रतियोगितामा फाइनल भिडन्तमा ब्रदर्श एफसी चप्परगाउँले देवदह ब्वाइज देवदहलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । ब्रदर्श एफसीले लगातार दोस्रो पटक मोतिपुर फुलबारी कपको उपाधी कब्जा गर्न सफल समेत भएको छ । मोतिपुर प्रगतिशिल युवा क्लवको अयोजनामा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका ११ वटा फुटबल क्लवहरुको सहभातिा रहेको थियो । प्रतियोगितका सबै टिमलाई पाखा लगाउँदै ब्रदर्श एफसी र देबदह ब्वाइजले उपाधि भिडन्त पक्का गरेका थिए । यो जितसँगै ब्रदर्श एफसीले नगद १ लाख एक हजार एक सय एघार रुपैँयासहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ भने उप विजेतामा देबदह ब्वाइजले नगद ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिता अवधिभर सम्पन्न खेलमा भएका प्रर्दशनका अधारमा बेस्ट गोल किपर, बेस्ट डिफेन्स, हाइज स्कोर र टुर्नामेन्ट अफ् दी प्लेयरको पुरस्कार समेत छुट्टाछुट्टै खेलाडीलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा क्लवका अध्यक्ष शंखर प्रसाद न्यौपाने र कार्यक्रमका प्रमूख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले विजेता टिम र खेलाडीहरुलाई पु्रस्कार प्रदान गरेका थिए ।
यसैबिच प्रतियोगिताको समापन समारोहमा सांसद पन्थीले खेल र खेलाडीहरुको क्षमता विकास गर्ने कार्यमा मोतिपुर प्रगतिशिल युवा क्लवले राम्रो काम गरिरहेको बताए । उनले पछिल्लो पटक देशको अर्थतन्त्रलाई उकास्न खेलाडी र खेल प्रतियोगिताहरुले राम्रो काम गरिरहेको भन्दै यहाँका खेलाडीहरुको खेल जीवनलाई दिगो बनाइ राख्न यस्ता प्रतियोगिताहरु आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीले मोतिपुर फुलबारी खेल मैदानको पूर्वाधार विकासका लागि क्लवसँग वनले पनि काम गरिरहेको बताए । उनले अर्काे वर्ष हुने चौथो संस्करणको प्रतियोगितामा यहाँ मैदानको थप स्तरिकृत गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता समेत जनाए ।
यो प्रतियोगिता संचालन गर्न वडा नम्बर ७ स्थित वडा कार्यालय, फुलबारी सामुदायिक वन उपभोक्ता समुह र मोपतुर खानेपानी तथा सरसफाई उपभोक्ता समुह सहयोगी संस्थाको रुपमा रहेका थिए ।
कार्यक्रममा क्लवका अध्यक्ष शङ्खर प्रसाद न्याैपानेकाे अध्यक्षतासहित सासंद पन्थीकाे प्रमुख आतिथ्यता रहेको थियाे भने वाड नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, माेतिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समुहका अध्यक्ष शेषकान्त बेल्बासे र जनसेवा कृषि सहकारी संस्थाका अध्यक्ष टाेपबहादुर थापाकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । यस्तै कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरु र सामाजिक अगुवाहरुकाे आतिथ्यता रहेकाे कार्यक्रममा क्लवका उपाध्यक्ष प्रियङ्का थारुकाे स्वागत मन्तवय र राजेन्द्र खनालकाे संचालन रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *