जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्छौं प्रधानमन्त्री ओली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट नभएको बताउदै जनताले औलो ठड्याउने गरि काम नगर्ने बताएका हुन् । उनले भने( ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन् । कुनै छुट छैन् ।’

उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *