जनताको मुद्धानै मेरो प्रमुख मुद्धा हो : काङ्ग्रेस उम्मेदवार मुसलमान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित कपिलवस्तु । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का काङ्ग्रेस उमेद्धवार अतहर कमाल मुसलमानले जनताका मुद्धालाई नै आफुले प्रमुख मुद्धा बनाएर अगाडि बढाएको बताएका छन ।

निर्वाचन लक्षित मतदाता तथा पार्टीका अग्रज नेता–कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताका समस्यालाई आफुले सधै नजिक बाट नियालेर समाधान गर्न लागिपरेको बताए ।

कार्यक्रममा स्थानीय जनताले भोग्दै आएका समस्या, विकासका आवश्यकता र जनजीवनसँग जोडिएका विविध विषयमा आफ्ना धारणा तथा सुझावहरू राखेका थिए। उम्मेदवार मुसलमानले जनताको आवाज नै आफ्नो प्राथमिकता रहेको बताउँदै जनताले उठाएका हरेक विषयलाई गम्भीर रूपमा सुनेर समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तरक्रियामा सहभागी मतदाताहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सडक पूर्वाधारका विषयमा ध्यान दिन आग्रह गरेका थिए। उनीहरूले क्षेत्रको विकास र समृद्धिका लागि सक्षम र जनमुखी नेतृत्व आवश्यक रहेको धारणा राख्दै कांग्रेस उम्मेदवार मुसलमानलाई समर्थन जनाएका छन्।

उम्मेदवार मुसलमानले स्थानीय जनताको भरोसा र माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि गाउँगाउँमा पुगेर जनताको समस्या बुझ्ने र विकासका मुद्दालाई अघि बढाउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *