कृषि हाटबजार व्यवसायी संघद्वारा २०८१ सालको शुभकामना आदान प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कृषि हाटबजार व्यवासयी संघ कपिलवस्तुले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आज चारनम्बर स्थित बुद्धरङ्गशालामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

May be an image of 4 people and people smiling

कार्यक्रममा बोल्दै बाणगंगा नगर व्यवस्थापन समितिका अध्यक्ष विष्णु थापाले नयाँ वर्षले व्यवसायीहरु सङ्गै सम्पुर्ण नेपालीहरुको अवस्था परिवर्तन गर्न सहयोग पुर्याउने बताउनुभयो । देशको आर्थिक अवस्था बलियो बनाउन व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहने भएकाले तिनै तहका सरकारले व्यवसायीको पक्षमा गम्भिर भएर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै संघका अध्यक्ष ज्ञान बहादुर थापाले बाणगंगा र सिङ्ग जिल्लाका व्यवसायीहरुको हकहितका लागि संघको स्थापन भएको बताउँद सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषि विज्ञ दिनेश चौहान, नेत्र पौडेल, कृषि डाक्टर शुवास थापा लगायतले नव वर्षको शुभकामना व्यक्त गर्दै जिल्लामा हुने अवैध आयातलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

संघका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता तथा सचिव डिल्लिराज शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका पदाधिकारी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 14 people, people studying and text

May be an image of 4 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *