कस्तो उम्मेद्वारलाई भोट हाल्ने ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु गौतम बुद्धको शान्ति जन्मिएको पवित्र आँगन। सुन्दर तराई, उब्जाउ माटो, र पसिनाले सिञ्चिएको भूमि। आज यही कपिलवस्तु फेरि चुनावी भीडमा छ, त्यसैले मनका केही कुरा शब्दमा उतार्दैछु। गल्ती भएमा क्षमादिनुहोला। भनिन्छ— शब्दमा त्यति नै शक्ति हुन्छ, जति शब्दले बोकेको भावना हुन्छ। कपिलवस्तुमा हजारौँ किसान छन्, तर किसानको आवाज आजसम्म कसैले सुनेजस्तो लाग्दैन। अन्न उब्जाउने हातहरू मल पाउन तीन दिन लाइनमा उभिन बाध्य छन्।

कपिलवस्तुमा किसानलाई खेतीका लागि चाहिने मल पाउन तीन दिन लाइन बस्नुपर्छ। तर दुःखको कुरा— यहाँ मलभन्दा ड्रग सजिलै पाइन्छ। अन्न उब्जाउने हातहरू सरकारी बेवास्तामा थाकिरहेका छन्, र समाज चुपचाप गलत बाटो सजिलो हुँदै गएको हेरिरहेछ। यहाँ रोजगार छैन, त्यसैले युवाहरू परदेशिएका छन्। घरमा आमाबुवाको आँसु छ, र खेतबारीमा खालीपन। चुनाव आउँदा धेरै दलहरू आउँछन्, एजेन्डा मीठा हुन्छन्, भाषण आकर्षक हुन्छन्। तर कुर्सी पाएपछि कसले फर्केर कपिलवस्तुलाई सम्झियो? गाडी, मासु–भात, खर्च र भोट किन्ने चलन… अन्त्यमा फेरि प्रश्न उही— कपिलवस्तुको भोट किन यति सस्तो बनाइयो? हाम्रो क्षेत्र शिक्षा मा अब्बल भनिन्छ। नाम चलेका स्कूल र कलेज छन्। तर यहाँका सांसदहरूलाई कति सरकारी विद्यालय छन् भन्ने थाहा छ त? उनीहरूले देख्ने विद्यार्थी बिहान बाइक चढेर कलेज जाने मात्र हुन्। तर हाम्रो समाजमा यस्ता विद्यार्थी पनि छन्— जो बिहान पढ्न जान्छन्, र साँझ ढलानमा गएर टाउकोमाथि बालुवाको भारी बोक्छन्।

यी पीडा भाषणमा अटाउँदैनन्, यी सपना घोषणापत्रमा भेटिँदैनन्। आज बाटो कालोपत्रे समुदायले आफैं जुटेर बनाइरहेको छ। अब प्रश्न यत्ति हो— ठूला समस्या समाधान गर्ने आँट कसमा छ? कपिलवस्तुका आमा–बुवा, दाजुभाइ दिदीबहिनीहरू— भावनामा होइन, विवेकमा भोट दिऔँ। सम्झेर भोट दिऔँ, र फेरि नबिर्सिने गरी भोट दिऔँ।गौतम बुद्धको शान्ति जन्मिएको पवित्र आँगन। सुन्दर तराई, उब्जाउ माटो, र पसिनाले सिञ्चिएको भूमि। आज यही कपिलवस्तु फेरि चुनावी भीडमा छ, त्यसैले मनका केही कुरा शब्दमा उतार्दैछु। गल्ती भएमा क्षमादिनुहोला। भनिन्छ— शब्दमा त्यति नै शक्ति हुन्छ, जति शब्दले बोकेको भावना हुन्छ। कपिलवस्तुमा हजारौँ किसान छन्, तर किसानको आवाज आजसम्म कसैले सुनेजस्तो लाग्दैन।

अन्न उब्जाउने हातहरू मल पाउन तीन दिन लाइनमा उभिन बाध्य छन्। कपिलवस्तुमा किसानलाई खेतीका लागि चाहिने मल पाउन तीन दिन लाइन बस्नुपर्छ। तर दुःखको कुरा— यहाँ मलभन्दा ड्रग सजिलै पाइन्छ। अन्न उब्जाउने हातहरू सरकारी बेवास्तामा थाकिरहेका छन्, र समाज चुपचाप गलत बाटो सजिलो हुँदै गएको हेरिरहेछ। यहाँ रोजगार छैन, त्यसैले युवाहरू परदेशिएका छन्। घरमा आमाबुवाको आँसु छ, र खेतबारीमा खालीपन। चुनाव आउँदा धेरै दलहरू आउँछन्, एजेन्डा मीठा हुन्छन्, भाषण आकर्षक हुन्छन्। तर कुर्सी पाएपछि कसले फर्केर कपिलवस्तुलाई सम्झियो? गाडी, मासु–भात, खर्च र भोट किन्ने चलन… अन्त्यमा फेरि प्रश्न उही— कपिलवस्तुको भोट किन यति सस्तो बनाइयो? हाम्रो क्षेत्र शिक्षा मा अब्बल भनिन्छ।

नाम चलेका स्कूल र कलेज छन्। तर यहाँका सांसदहरूलाई कति सरकारी विद्यालय छन् भन्ने थाहा छ त? उनीहरूले देख्ने विद्यार्थी बिहान बाइक चढेर कलेज जाने मात्र हुन्। तर हाम्रो समाजमा यस्ता विद्यार्थी पनि छन्— जो बिहान पढ्न जान्छन्, र साँझ ढलानमा गएर टाउकोमाथि बालुवाको भारी बोक्छन्। यी पीडा भाषणमा अटाउँदैनन्, यी सपना घोषणापत्रमा भेटिँदैनन्। आज बाटो कालोपत्रे समुदायले आफैं जुटेर बनाइरहेको छ। अब प्रश्न यत्ति हो— ठूला समस्या समाधान गर्ने आँट कसमा छ? कपिलवस्तुका आमा–बुवा, दाजुभाइ दिदीबहिनीहरू— भावनामा होइन, विवेकमा भोट दिऔँ। सम्झेर भोट दिऔँ, र फेरि नबिर्सिने गरी भोट दिऔँ। -किरण पन्थि, कपिलवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *