जनहित अनलाइन कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार शत्रुघर विलास सिंह कर्मीले मतदाता भेटघाटलाई विशेष प्राथमिकताका साथ तिव्र पारेका छन । पउिनी अहिले मतदाताका समस्या तथा सुझाबहरू सङ्कलन गर्दै भेटघाटलाई तिव्र बनाएका हुन ।
यसैबिचमा क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार शत्रुघर विलास सिंह कर्मीले विगतदेखि नै आफुले जनताको आवाज बोलिरहेको भन्दै संसदमा पुगेर पनि जनताको आवाजलाई थप बुलन्द पार्ने बताउनुभएको छ । घरदैलोको क्रममा उहाँले मतदाताको गुनासो सुनिसकेपछि यस्तो बताउनुभएको छ ।
घरदैलो अभियानमार्फत कर्मी मतदातासँग प्रत्यक्ष भेटघाट, राय(सल्लाह, सुझाव र गुनासो सुन्ने उद्देश्य लिएको जानकारी दिए ।
राप्रपा कपिलवस्तु १ ले अभियानलाई चुनावी प्रचारभन्दा बढी जनसम्पर्क अभियानका रूपमा अघि बढाएको सचिवालयले जनाएको छ ।


