कपिलवस्तुमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवाका २८ बर्षीय समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो ।

घटनामा संलग्न गरेका सोही स्थानका राम बहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । मगरका परिवारले बाख्रा चराउन जाँदा अज्ञात व्यक्तिले गोली हानेको शंकास्पद सूचना दिए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी निरीक्षक वीर बहादुर सुनारको कमान्डमा खटिएको टोलीले अनुसन्धान गर्दा शनीवार बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्दा मगरलाई गोली लागेको रहस्य खुलेको थियो ।

उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवाका उहाँको मृत्यु भएको थियो ।

सिकार खेल्दै गर्दा सवारी साधनको आवाज सुने पछि सिकार खेल्न गएका ४ जना लुक्न खोज्दा राम बहादुर थारुले बोकेको राइफल पड्किएर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट २ नाल बन्दुक समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *