कपिलवस्तुको बाणगंगामा सडक अतिक्रमण हटाउन सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार क्षेत्रको सडक अतिक्रमणलाई हटाउने अभियान सुरु गरेको छ। विहिबार नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा उपप्रमुख रिता कुमारी चौधरीको नेतृत्वमा संरचना हटाउन थालिएको हो। यस क्रममा विभिन्न पसलहरूको अगाडि राखिएका बोर्ड, छाप्रा तथा सडकमा राखिएका ठेलाहरू जफत गरिएको छ। अभियानको पहिलो दिनमा दलबलसहितको जम्बो टोलीले सडकको अतिक्रमण हटाउँदै बजारलाई व्यवस्थित बनाउन कडा कदम चालेको छ।

उपप्रमुख चौधरीले चुनाव जितेर आएपछि नै अतिक्रमण हटाउने योजना बनाएको तर विभिन्न कारणले गर्दा त्यो काम तत्काल सुरु गर्न नसकिएको बताइन्। ‘हामीले पटकपटक सूचना जारी गर्दा पनि बेवास्ता गरियो,’ उनले भनिन्, ‘अटेरकै कारण हामीले यसरी कठोर कदम उठाउन बाध्य भयौं।’

चौधरीले अतिक्रमण हटाउने काम केवल एक दिनका लागि नभई यसलाई निरन्तरता दिने स्पष्ट पारिन्। उनका अनुसार सडक पेटी खाली गर्दा बजार क्षेत्र सुन्दर देखिनेछ र सडकमा हुने दुर्घटनाहरूमा पनि कमी आउनेछ। उनले व्यवसायीहरूलाई व्यवस्थित रूपमा पसल सञ्चालन गर्न आग्रह गर्दै नगरपालिकाको सहयोग गर्ने अपिल पनि गरिन्।

नगरपालिकाले जनतामा सहज आवागमनका लागि अतिक्रमणविरुद्धको अभियानलाई निरन्तर चलाउने जनाएको छ। उपप्रमुख चौधरीले यो अभियान स्थानीय विकासको महत्वपूर्ण अंग भएको बताइन्। यसले बजारलाई नीतिगत रूपमा सञ्चालन गर्ने अवसर सिर्जना गर्ने विश्वास पनि व्यक्त गरिन्।

May be an image of 1 person, service vehicle and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *