आठबिसकोटमा बाढीले घर बगायो : ३ जनाको मृत्यृ, १ बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल बर्षापछि कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको ज्यान गएको र एक जना बेपत्ता भएको प्रारम्भिक जानकारी नगर प्रमुख रवि केसीले दिए । अहिलेस्म यति जानकारी आएको छ। मृतकको सनाखत र अन्य क्षतिबारे प्रहरीको सहयोगमा अनुसन्धान गर्दैछौँ, उनले भने ।

साथै यही बाढीमा परेर ६ जना घाइते भएको पनि प्रमुख केसीले जानकारी गराए । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *