अर्घाखाँचीमा दोस्रो स्व. सुरत थापा स्मृति कप भलिबल प्रतियोगिता हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको खाँचीकोटमा दोस्रो स्व. सुरत थापा स्मृति कप भलिबल प्रतियोगित हुने भएको छ । प्रतियोगिता यहि जेष्ठ २९ गतेदेखि सुरु हुने आयोजक खाँचीकोट दरबार युवा क्लवले जनहित अनलाइनलाई बताएको छ ।

भलिबल खेललाई प्रवदर््धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा सहभागि हुन सम्पुर्ण जिल्लावासी खेलाडीहरुलाई आयोजक क्लबले आग्रह गरेको छ । टिम दर्ताको लागि ३ हजार ५ सय शुल्क लाग्ने पनि अयोजकले जनाएको छ ।

खेलका नियमहरु
१. खेल नकाउट सिस्टम बाट खेलाइने छ ।
२. खेलाडी जर्सी अनिवार्य लगाउनुपर्नेछ ।
३. खेलाडी आफ्नो परिचाय खोल्ने डकुमेण्ट तथा वडा कार्यालयको सिफारिस अनिवार्य ल्याउनुपर्ने छ ।
४. खेल समुहमा २ जना मात्र बाहिरी खेलाडी समावेश गर्न पाईनेछ ।
५. खेलमा टिमकोच सहित १० जना खेलाडीहरु हुनु पर्नेछ ।
६. खेल अविधिभर चोटपटक दुर्घटना भएमा खेलाडी आफू स्वयंमले उपचारको व्यवस्था गर्नुपर्नेछ ।
७. खेल अवधिभभर खेलाडी खाना बस्नको व्यवस्था आफै गर्नुपर्नेछ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *